INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार चेतना समूह र संरक्षक शिक्षकहरुको क्षमता अभिबृद्धि तथा परियोजना समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा बाल अधिकार चेतना समूह पदाधिकारी र संरक्षक शिक्षकहरुको क्षमता अभिबृद्धि तथा परियोजना समीक्षा काय्रक्रम ०८२ जेठ १९ गते धनगढीमा सम्पन्नभएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले इन्सेक संस्था आफैमा एउटा अभियान भएकोले यसं अभियानमार्फत बाल अधिकारका सावलको उठान गर्न र बालबालिकाहरुलाई  सक्रिय बनाइ परिचालन गराउनका लागि संरक्षक शिक्षकको महत्वपूर्ण भूमिका रहेका बताउनु भयो ।

photo20250603kailali (4)

उहाँले भन्नुभयो—‘इन्सेकको तीन वर्षीय कार्यक्रम सम्पन्न हुन गइरहेकोले औपचारिक रुपमा इन्सेकको सहयोग नरहे पनि अनौपचारिक रुपमा बाल अधिकारको अभियानमा निरन्तर रहिरहने छौँ । बाल अधिकार चेतना समूहलाई सहयोग गर्न मानव अधिकार समूहले स्थानीय तहसँग समन्वय गरी नीति तथा कार्यक्रममा बाल अधिकारका सवालहरु समावेस गर्न समन्वय तथा छलफल गरेर अभिभाकको भूमिका निर्वाह गर्नु पर्छ ।’

बाल अधिकार चेतना समूहका सदस्य आशिष घिमिरेले नियमित विद्यालयको सरसफाई, जनचेतनामूलक सडक नाटक प्रदर्शन र समूहको बैठक बस्ने गरेको भए पनि १० कक्षामा अध्ययनरत सदस्यहरु एसइइ परीक्षापछि बैठकमा उपस्थित नहुँदा बैठक बस्न समस्या भएको बताउनु भयो ।

photo20250603kailali (2)

बाल अधिकार चेतना समूहकी अध्यक्ष निसा सञ्ज्यालले विद्यालयमा नियमित सरसफाई, पठनपाठन बाहेक अतिरिक्त क्रियाकलापमा सहभागी भएको, सडक नाटक भित्ते पत्रिकमा प्रकाशन, हजिरी जवाफ, बक्तृत्वकला, निवन्ध लेखन प्रतियोगिता गरेको बताउनु भयो ।

मानव अधिकारको अभियानमा महत्वपूर्ण सहयोग गरेको भन्दै बाल अधिकार चेतना समूहका पादाधिकारी तथा सदस्य र संरक्षक शिक्षकलाई इन्सेकका संयोजक जोशीले धन्यवाद ज्ञापन गर्दै मायाको चिनो इन्सेकको लोगो प्रदान गर्नुभएको थियो ।

photo20250603kailali (1)

अन्य

भिडियो