INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान समस्या भोगेकी पञ्चपुरी नगरपालिका–६, बुढा टोल बस्दै आउनु भएकी ३१ वर्षीया गोमा विकलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ जेठ १२ गते १० हजार रुपियाँ सहयोग गरेको छ ।

उहाँका ३२ वर्षीय पति कौशल कामीले अर्को विवाह गरेपछि सुर्खेत जिल्ला अदालतमा अंश खानाखर्चसहित सम्बन्ध विच्छेदका लागि कानुनी प्रक्रियामा जान समस्या परेको भन्दै ०८२ वैशाख ३१ गते पीडितले इन्सेकमा निवेदन दिनुभएको थियो । वैशाख ३१ गते नै बसेको सचिवालय बैठकले उनलाई १० हजार रुपियाँ दिने निर्णय गरेको थियो ।

अदालतमा आउँदा जाँदा यातयात, फोटोकपी र अदालती शुल्क तिर्न सहज होस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेकको कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।

अन्य

भिडियो