अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत ०८२ जेठ ८ गते सुरु भइ दुई दिने मानव अधिकार समूहका सदस्यहरूको क्षमता अभिवृद्धि तथा परियोजना समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले इन्सेकले समय सान्दर्भिक मानव अधिकारका लागि पैरवी गर्दै आएको स्मरण गराउँदै नागरिक, सामाजिक, राजनीतिक, आर्थिक, साँस्कृतिक अधिकारसँगै अब वातावरणीय अधिकारका लागि पैरवी गर्ने र मानव अधिकार शिक्षा कार्यक्रमको तीन वर्षे परियोजनाको समीक्षा गर्ने, मानव अधिकार समूह सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने, परियोजना समीक्षा गर्दै सीप र क्षमता विकासमा महिला, दलित तथा सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूलाई थप सहज पुग्ने बताउनु भयो ।

उहाँले तालिमबाट सिकेको ज्ञानलाई गाउँ समाजमा उचित प्रयोग गर्न सके सकारात्मक प्रभाव पर्ने र त्यसले समाजमा सकरात्मक परिवर्तन ल्याउने बताउनु भयो । उहाँले मानव अधिकार समूहले आफ्नो उद्देश्य प्राप्त गर्न अधिकारका लागि पैरवी गर्ने सकिने बताउनु भयो ।
त्यस्तै मानव अधिकारकर्मी एवम् तालिमका प्रशिक्षक सरस्वती मल्लले सहजीकरण गर्दै संस्थागत तथा व्यक्तिगत क्षमता विकास सम्बन्धी तालिमबाट सिकेका कुरा व्यवहारमा लागु गर्न सके त्यसको परिणाम सकरात्मक हुने बताउनु भयो । समाजमा हुने मानव अधिकार हनन् तथा ज्यादितीका कुरा राज्यपक्षबाट हुने नागरिक पीडित भएमा सहयोगी भूमिका निर्वाह गरी महिलामाथि हुने हिंसाको न्यूनीकरण गर्न तालिममा सहभागी महिलाहरूले नेतृत्वकर्ताका भूमिका खेल्नुपर्ने बताउनु भयो ।

प्रदेश स्तरीय मानव अधिकार समूह सदस्यहरूको क्षमता अभिवृद्धि तथा परियोजना समीक्षा कार्यक्रममा बाँके र कपिलवस्तु जिल्लाका स्थानीय तहमा गठित मानव अधिकार समूहका सदस्यहरूको सहभागितामा रहेका थियो भने प्रशिक्षक सरस्वती मल्ल र प्रकाश उपाध्यायले सहजीकरण गर्नु भएको थियो ।
