INSEC Online

📅 २०८३ जेष्ठ २१

पञ्चपुरी मानव अधिकार समूहको बैठक सम्पन्न

पञ्चपुरी नगरपालिका स्तरीय मानव अधिकार समुहको संयोजक अमर कार्कीको अध्यक्षतामा ०८२ जेठ ५ गतेका दिन पञ्चपुरी नगरपालिका वडा नम्बर ५ मा मानव अधिकार समूहको बैठक सम्पन्न गरिएको छ ।

बैठकमा पञ्चपुरी नगरपालिकामामानवअधिकार संरक्षण,सम्वर्द्धन र प्रवर्द्धन सम्बन्धी कार्यक्रम आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्तावना पेश गर्ने ऐजेण्डा माथि छलफल गरिएको हो । पञ्चपुरी नगरपालिकाको कार्यलय अन्रर्गत आर्थिक वर्ष ०८२/८३ का लागि मानव अधिकार संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालनको लागि पञ्चपुरी नगरपालिकाको नीति तथा कार्यक्रम बारेमा समावेश गर्नका लागि नगरपालिकामा पञ्चपुरी नगरपालिकाका प्रमुख लालविर भण्डारीलाई दिने निर्णय गरिएको थियो । सोही अनुसार पञ्चपुरी मानव अधिकार समुहले जेठ ५ गते बैठक पश्चात पञ्चपुरी नगरपालिकाका प्रमुख भण्डारीलाई मानव अधिकार समुह कर्णाली प्रदेश संयोजक इन्द्र बिसी सहित पञ्चपुरी नगरपालिका मानव अधिकार समूहले प्रस्तावना पेश गरेका हुन् । प्रस्तावना बुझ्दै नगर प्रमुख भण्डारीले यसको सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बैठकमा पञ्चपुरी मानव अधिकार समूहका संयोजक अमर कार्की, सदस्य डिल्लीराम घिमिरे, धनरुपा बि।क, डिला चपाईं, डम्मादेवी बयक, डम्मर खत्री, मोतिप्रसाद सापकोटा र इन्सेक फोकल पर्सन ललिता बिकको सहभागिता रहेको थियो ।

Photo20052025Surkhet

अन्य

भिडियो