INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहद्वारा विद्यार्थी भर्ना अभियान कार्यक्रम सम्पन्न

Photo 20820204 Saptari (5)
“सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चिता” तथा “गुणस्तरीय, सिपमुलक तथा व्यहारिक शिक्षा हाम्रो प्रतिबद्वता” भन्ने मूल नाराका साथ विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो कार्यक्रमको आयोजना गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा शम्भुनाथ नगरपालिकामा गठित नगरस्तरीय मानव अधिकार समूहको समन्वय र शम्भुनाथ नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम वैशाख ३० गते देखि जेठ १ गते सम्ममा सम्पन्न गरिएको हो ।

सो कार्यक्रमका लागि मानव अधिकार समूहले वैशाख १६ गते शम्भुनाथ नगरपालिकास्थित शिक्षा शाखा प्रमुखलाई ध्यानाकर्षण गराएका थिए ।

विद्यार्थी भर्ना अभियान श्री जनता राम दयाल माध्यमिक विद्यालय शम्भुनाथ नगरपालिका-३ र श्री जनता माध्यमिक विद्यालय शम्भुनाथ नगरपालिका-१० ले आआफ्ना वडामा रहेका दलित तथा विपन्न समुदायलाई विद्यालय शिक्षमा पहुँचका लागि सो समुदाय तथा वर्गलाइ लक्षित गरेर प्रभातफेरी र घरदैलो कार्यक्रमको आयोजना गरेका हुन् ।

मधेश प्रदेश स्तरीय मानव अधिकार समूहका अध्यक्ष देवीमाया भट्टराई, सदस्य शङ्कर साह, इन्सेक सप्तरी सहजकर्ता अजय परियार लगायतको सहभागितामा विद्यार्थी भर्ना अभियान सम्पन्नता भएको हो ।

Photo 20820204 Saptari (4)

अन्य

भिडियो