INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित १६ वर्षीया बालिकालाई इन्सेकले ०८२ वैशाख १७ गते आर्थिक सहयोग प्रदान गरेको छ । इन्सेकद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत पीडितलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको इन्सेक डिसिए कार्यक्रम अधिकृत टेकनाथ आचार्यले बताउनु भयो ।

पीडितको आर्थिक अवस्था कमजोर रहेको र आमा बुबा नभएकाले शक्ति समूह संस्थाको सेल्टरमा बस्नु भएकी बालिकालाई न्यायमा पहुँचका लागि सहयोग पुग्ने उद्देश्यले पीडितलाई सहायता प्रदान गरेको उहाँले बताउनु भयो ।

पीडित बालिकालाई ४५ वर्षीय काकाले पटक पटक बलात्कार गरेको भन्दै पीडित पक्षले ०८२ वैशाख १४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिनुभएको थियो । घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास गरिरहेको छ ।

अन्य

भिडियो