INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहद्वारा वन कार्यालयलाई ध्यानाकर्षण

पञ्चपुरी नगरस्तरीय मानव अधिकार समूहले डिभिजन वन कार्यालय भेरी बाबियाचौर सुर्खेतलाई ध्यानाकर्षण पत्र दिइएको छ । समुहले ०८२ वैशाख ५ गते डिभिजनल वन अधिकृत जीतेन्द्र महतलाई मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत पहिचान गरेका समस्या अनुसार खडेरी सुरु भएसँगै डढेलोको सम्भावना बढी रहेको नियन्त्रणका लागि आवश्यक पहल कदमी गर्नुपर्ने भन्दै ध्यानाकर्षण पत्र दिएको हो ।

समूहले दिएको पत्रमा लेखिएको छ – ‘बर्खा लागेपछि आगोलागीका घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन् । फागुनदेखि जेठ महिनासम्म डढेलोका घटना बढि हुने गर्छन् । यसको नियन्त्रणका लागि स्थानीय सरकार र स्थानीय वन डिभिजन कार्यालयको प्रमुख भूमिका रहन्छ । त्यसैले यसमा चासो राख्न हामी जोडदार माग गर्दछौँ ।’ डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटि र काठ दाउरा लगायत जैविक तथा पर्यावरणीय क्षति पुर्‍याउने हुँदा न्यूनीकरणका लागि सबैको महत्त्वपूर्ण भूमिका रहने समूहले जनाएको छ ।

डिभिजन वन कार्यालय भेरी बाबियाचौरका डिभिजनल वन अधिकृत जीतेन्द्र महतले आगलागी र डढेलो न्यूनीकरणका लागि सामुदायिक वन समूह, समुदाय र विभिन्न निकायहरूसँग समन्वय गरेर काम गरिहरेको बताउनु भयो । आगमी दिनमा समेत यस्ता घटना हुन नदिन वन कार्यालय सचेत रहेको उहाँको भनाइ छ । ध्यानाकर्षण पत्र हस्तान्तर कार्यक्रममा पञ्चपुरी मानव अधिकार समुहका सदस्यहरू गोरख विक, डम्मादेवी बयक, बिमला विक, धनरुपा विक र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयका कार्यक्रम अधिकृत ललिता विकको सहभागिता रहेको थियो ।

Photo19042025Surkhet

अन्य

भिडियो