INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा घरेलु हिंसा पीडित महिलालाई सहयोग

इन्सेक लुम्बिनी प्रदेश कार्यालयले डुडुवा गाउँपालिका-४ घरभइ हाल नेपालगञ्ज उपमहानगरपालिका-२२ बस्ने ३० वर्षीया सुग्गी खाँलाई ०८२ वैशाख ३ गते आर्थिक सहयोग गरेको छ ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको सिफारिसमा मानव अधिकार कक्षले अदालतमा विचारधीन मुद्दालाई मद्दत पुग्ने किसिमले कानुनी प्रकृयामा सहयोग पुर्‍याउने उद्देश्यले १० हजार रुपियाँ प्रदान गरिएको छ । रकम हस्तान्तरण गर्दै मानव अधिकार सहायता कक्षका फोकल पर्सन टेकनाथ आचार्यले हिंसामा परेका पीडितहरूलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने यात्रा तथा अन्य खर्चका लागि सहज होसभनेर सहयोग प्रदान गरिएको बताउनु भयो ।

पीडित सुग्गी खाँलाई पतिले अनावश्यक दुख दिने कुटपिट गर्ने, खाना लागाउन नदिने गरेकाले पटक पटक घरेलु हिंसा गरेकोले सँगै बस्न, जीवन निर्वाह गर्न कठिन भएकोले बाँके जिल्ला अदालत नेपालगञ्जमा अंश मुद्दा लडिरहेको बताउनु भयो ।

अन्य

भिडियो