INSEC Online

📅 २०८३ जेष्ठ २१

६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्लामा संयुक्त दलित अधिकारकर्मी सञ्जाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयुक्त आयोजनामा २१ मार्च ६० औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Photo23022025Arghakhanchi1

जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिकामा ०८१ चैत ८ गते “जातीय विभेद र छुवाछूत अन्त्यका लागि, जातीय छुवाछूत कसुर ऐन २०६८ लागु गरौँ” भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मुलन कार्यक्रम दलित सहभागिहरूका बिच छलफल भएको हो ।

संयुक्त दलित अधिकारकर्मी सञ्जाल अर्घाखाँचीका संयोजक विष्णु परियारको अध्यक्षता, संञ्जालका सचिव दिनेश सुनारको सञ्चालनमा र इन्सेक जिल्ला प्रतिनिधिले स्वागत मन्तव्य राख्दै मानव अधिकार र सामाजिक न्यायका लागि जातीय विभेद उन्मुलन गर्न दलित र गैरदलितबिच छलफल मार्फत महशुस गराउनु पर्ने सन्दर्भलाई प्रकाश पार्नु भएको थियो । सन्धिखर्क नगरपालिका जनप्रतिनिधि वडा सदस्य भगवती पाण्डे विक, न्यायिक समिति सदस्य आशा परियार र महिला अधिकारकर्मी राधा विक गौतमले समाजमा दलित महिला जातीय विभेद र हिंसाका कारण अहिले पनि दुखद अनुभवहरू भोग्दै आएको र समाज परिवर्तन हुन नसकेको गुनासो गर्नुभयो ।

उक्त कार्यक्रममा संयुक्त दलित मोर्चाका केन्द्रीय सदस्य राजेन्द्र नेपाली, परियार सेवा समाजका केन्द्रीय सल्लाहाकार राम बहादुर परियार, नेपाल दलित मुक्तिमोर्चा लुम्बिनि प्रदेश सचिवालय सदस्य तथा जिल्ला अध्यक्ष सञ्जय नेपाली, सुनचाँदी व्यवसायी सङ्घका जिल्ला अध्यक्ष कृष्ण सुनार र उद्योग व्यापार सङ्घका जिल्ला अध्यक्ष तारा बहादुर सुनार लगायतको उपस्थिति रहेको थियो ।

Photo23022025Arghakhanchi

अन्य

भिडियो