डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित महिलालाई आर्थिक सहयोग इन्सेक मधेस प्रदेशद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत प्रदान गरेको इन्सेक सर्लाही प्रतिनिधि बुधन साहले बताउनु भयो ।
पीडित महिलालाई ०८१ असोज २८ गते रामनगर गाउँपालिका-४ का २९ वर्षीय अनिल यादवले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, मलंगवामा ०८१ कात्तिक ५ गते उजुरी दिनुभएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।
आरोपित यादव हालसम्म फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
पीडित महिलाको आर्थिक अवस्था कमजोर रहेको र न्यायिक प्रक्रियामा सहयोग पुग्ने उद्देश्यले पीडित महिलालाई आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।