आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधिले प्रहरी र पीडित बालिकाको आमाको रोहवरमा सो रकम फागुन २९ गते हस्तान्तरण गर्नुभएको थियो । पीडितले आफूलाई देवदह नपा–३, खैरेनीका २८ वर्षीय अजय थापा मगर र सोही ठाउँका ३५ वर्षीय गोविन्द थापाले माघ २९ गते सामुहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनुभएको थियो ।
पीडित बालिकाका बुबाले पीडित जन्मेको एक महिनामै दोस्रो विवाह गरेर वास्ता नगरी अन्यत्रै बस्ने गरेको र पीडित आमासँग कोठा भाडामा बस्दै आउनुभएको थियो । परिवारको आर्थिक अवस्था एकदमै दयनीय भएकोले न्यायिक प्रकृयामा जान इन्सेकको पीडित राहत कोष मार्फत आर्थिक सहयोग गरिएको हो । घटनाका आरोपित अहिले पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा रहेका छन् ।