INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र सुरक्षा विषयक छलफल सम्पन्न

मानव अधिकार रक्षकको वर्तमान अवस्था, चुनौती र सुरक्षा विषयक छलफल राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा ०८१ फागुन ८ गते नेपालगञ्जमा सम्पन्न गरेको छ ।

मानव अधिकार रक्षकहरूको चुनौती र सुरक्षा विषयक छलफलमा राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका अधिकृत दीपेन्द्र बहादुर सिंहले राज्यबाट हुने घटना न्यूनीकरण भए तापनि अन्यबाट घटनाहरू बढेको बताउनु भयो । उहाँले रक्षकहरूले सूचना प्राप्त गर्नमा परेको कठिनाइ भोगाइको अवस्था रहेको र हालसम्म मानव अधिकारको उल्लङ्घन तथा ज्यादतीको घटनालाई कसरी सहयोग गर्दै आउने भन्ने कुराको सहजीकरण गर्नुभएको थियो । वातावरणको सवालमा बाटोमा फोहोर फाल्ने, विभिन्न कलकारखानाबाट धुलो धुवाँ हुने, कालोबजारी गर्ने, मुल्य वृद्धिका सवालमा आवाज उठाउँदा धम्की आउने गरेको निश्कर्षमा आएको अधिकृत सिंहले उल्लेख गर्नुभयो । उहाँले मंगोलियाले मानव अधिकार रक्षक कानुन बनाएको बताउँदै मानव अधिकार रक्षकहरूको क्षमता विकास गर्न आयोगले र इन्सेकले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

इन्सेक लुम्बिनी प्रदेश संयोज भोला महतले मानव अधिकारकर्मी भन्नाले परिचय पत्रभन्दा आफूहरूले आफ्नो काम, कर्तब्य र व्यवहारले जनाउनुपर्ने बताउनु भयो । उहाँले वर्तमानलाई व्यवस्थापन गर्दै जाँदा भविष्यलाई सम्झनु पर्नेमा जोड दिनुभयो । उहाँले इन्सेकले हालै सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२५ को अभिलेखले मानव अधिकार हनन्को घटनामा को बढी पीडित रहेको स्पष्ट पारेको र यसै वर्ष १ सय ७४ जना मानव अधिकार रक्षकहरू पीडित रहेको बताउनु भयो । उहाँले उक्त पीडित भएकाहरूको विषयमा पनि समीक्षा गर्न आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।

माइती नेपालको केशव कोइरालाले पीडितको पक्षमा काम गर्दा अपराधिक धम्की आउने, विपक्षी बनाइ बन्दी प्रत्यक्षीकरण मुद्दा समेत लडनु परेको बताउँदै सीमा क्षेत्रमा चेलीबेटी बेचबिखन तथा ओसार पसारमा काम गर्दा आएको चुनौतीको सामाना गर्नुपरेकोले मानव अधिकार आयोगले नेपाल भारतबीच एउटा केही नीतिको विकास गर्नुपर्ने बताउनु भयो ।

मानव अधिकार आयोग, नेपालगञ्ज शाखा प्रमुख द्वारिका अधिकारीले मानव अधिकारका सवालमा सवै जना ऐकबद्ध भइ राज्यको नीति नियमलाई मध्यनजर गर्दै पीडितहरूको पक्षमा वकालत गर्दै आफ्नो व्यवहारबाट पहिचान बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा मानव अधिकार रक्षक सङ्घसंस्थामा आवद्ध मानव अधिकारकर्मी, समाजसेवी र कानुन व्यवसायीहरूको उपस्थित रहेको थियो ।

Photo20022025Banke

अन्य

भिडियो