INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा खजुरा गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ १५ गते सम्पन्न भएको छ ।

मानव अधिकार समूहका अध्यक्ष कौशिकी यादवको अध्यक्षतामा बसेकोबाट बैठकमा विगतमा भएको निर्णयको पुनरावलोकन गरिँदै मानव अधिकार समूहको विधान तयार गरी स्थानीय तह खजुरा गाउँपालिकामा दर्ता गरिने निर्णय गरी बैठक सम्पन्न भयो ।

समूह दर्ता नभएका कारण मानव अधिकार समूहले स्थानीय तहको विभिन्न कार्यक्रमहरु गर्न नसकेको हुँदा मानव अधिकार समूहको विधान निर्माण गरी दर्ता गराउन लागेको समूहकी अध्यक्ष कौशिकी यादवले बताउनु भयो ।

मनव अधिकार समूहले यसअघि शिक्षा, स्वास्थ्य, वातावरण र विभेद विरुद्ध विभिन्न सचेतना मूलक कार्यक्रम तथा वकालत गर्दै आएको र आउने दिनमा समूहको नेतृत्वमा स्थानिय निकायसँग सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै कार्ययोजना निर्माण तथा बैठक छलफल सहजीकरणमा इन्सेक सहजकर्ता लक्ष्मी थारुले गर्नुभएको थियो ।

Photo31012025Banke

अन्य

भिडियो