INSEC Online

📅 २०८३ जेष्ठ २१

लागुपदार्थ दुर्व्यसनी रोकथाम सम्बन्धी नाटक प्रदर्शन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ स्थित जयदेव मावि जबमुकाँधमा गठित बाल अधिकार समूहको समन्वयमा ०८१ माघ १३ गते लागुपदार्थ दुर्व्यसनी तथा महिला हिंसा विरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रम गरिएको छ ।

चामुण्डाबिन्द्राबिन्द्रासैनी नगर स्तरीय बाल अधिकार समूहले अविभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा लागुपदार्थ दुर्व्यसनीले शारीरिक, मानसिक, आर्थिक, सामाजिक समस्या, महिला तथा बालबालिका माथि हुने हिंसा र दुर्व्यवहार समस्या र समाधान उपाय बारे नाटकमा विषयवस्तु समेटिएको थियो ।

लागुपदार्थ दुर्व्यसनी तथा महिला हिंसा विरुद्ध सडक नाटक प्रदर्शन सम्पन्न कार्यक्रममा अभिभावक कमला शाहीले बाल अधिकार समुहले गरेको लागुपदार्थ दुर्व्यसनी तथा महिला हिंसा विरुद्ध प्रदशित सडक नाटकमा सामाजिक परिवेशमा आधारित यो नाटक अझै गाउँगाउँ प्रदर्शन गर्न सुझाव दिनुभयो ।

जयदेव मावि जम्बुकाँधका प्रधानाध्यापक तिलकप्रसाद शर्माले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद विरुद्ध सचेतना अभिवृद्धि गरेको भन्दै धन्यवाद दिनुभयो । उहाँले शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई राम्रो सन्देश दिएको र विद्यार्थीमा सिर्जनात्मक क्षमता विकास भएको बताउनु भयो ।

Photo27012025Dailekh

अन्य

भिडियो