
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा डाक्नेश्वरी नगरपालिकास्थित श्री रामेश्वर मेमोरियल माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले ०८० पुस १८ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।
बाल धिकार सचेतना समूहले कार्ययोजना अनुसार पुस २५ र २६ गते सडक नाटक प्रदर्शन गर्ने निर्णय गरेको छ । बाल विवाह, दाइजो प्रथा, महिला हिंसा न्यूनिकरणका निम्ति सडक नाटक प्रभावकारी हुने संरक्षक शिक्षक बलराम पण्डितले बताउनु भयो ।
सडक नाटक पछि समुदायमा बाल विवाह, महिला हिंसा, दाइजो प्रथा बारे धारणा परिवर्तन हुने तथा समाजमा सचेतना फैलिने श्री रामेश्वर मेमोरियल माध्यमिक विद्यालयका प्रधानाध्यापकले विश्वास व्यक्त गर्नुभयो । उत्त कार्यक्रम पछि सामाजमा छोरी र छोरामा भेदभाव र महिला हिंसा विरूद्ध चेतना जागृत हुने बाल अधिकार सचेतना समूहका अध्यक्ष रूपेश कुमार सन्तले बताउनु भयो ।
बैठकको समन्वय गर्दै इन्सेक सप्तरी सहजकर्ता अजय परियारले इन्सेकको परियोजनाले गर्ने काम र उद्देश्य बारे प्रकाश पार्नु भयो ।

