INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय छुवाछुत तथा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा चामुण्डाबिन्द्रासैनी नगरपालिका-५ स्थित जनता मावि, बस्तेकोटमा गठित बाल अधिकार समूहको समन्वयमा ०८१ पुस १९ गते जातीय छुवाछुत तथा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

Photo04012025Surkhet1

बाल अधिकार समूहले नाटक प्रदर्शन मार्फत चामुण्डाबिन्द्राबिन्द्रासैनी नगरपालिकाका अधिकांश अविभावक, शिक्षक र विद्यार्थीहरूको उपस्थितिमा जातीय विभेद र लैङ्गिक हिंसाले समाजमा भएको अन्य र अत्यचारको अन्त्य गर्न मानसिक सोँच बदल्नु पर्ने सन्देश दिएको छ । उक्त नाटक मार्फत जातीय विभेद सामाजिक अपराध भएको समेत जानकारी दिएको छ । अपराध गर्नेको लागि संविधानको धारा २४ र ४० बमोजिम कानुनी व्यवस्था रहेको कुरा यस नाटकले सन्देश दिएको छ ।

जातीय छुवाछुत तथा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक प्रदर्शन सम्पन्न कार्यक्रममा जनता माविका प्रधानाध्यापक जनक कार्की भण्डारीले इन्सेकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद विरुद्ध विविध कार्यक्रमको आयोजना गरी सचेतना अभिवृद्धि गरेको बताउनु भयो ।

अभिभावक लक्ष्मण कार्कीले समाजमा रहेका विभेदलाई जनचेतना मुलक सन्देशबाट अन्त्य हुने कुरा बताउनु भयो । इन्सेकले गर्दा अतिरिक्त क्रियापलापमा विद्यार्थीको क्षमतामा वृद्धि भएको उहाँले बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर कार्कीले समाजमा भएका विभेदलाई अन्त्य गर्न बाल अधिकार समूहले सचेतना मुलक नाटक प्रदर्शन गर्ने विद्यालय परिवार र इन्सेक संस्थालाई धन्यावाद दिनुभयो ।

Photo04012025Surkhet

Photo04012025Surkhet2

अन्य

भिडियो