नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १६ गते चितवनमा सम्पन्न गरिएको छ ।
कार्यक्रममा सन् २०२४ मा चितवन जिल्लामा ८० ओटा मानव अधिकार उल्लङ्घनका घटना सङ्कलन गरेको उल्लेख गरिएको छ ।

इन्सेक चितवनले यौन दुर्व्यवहारका २१ ओटा घटना, बालिका बलात्कारका ३१ ओटा, महिला बलात्कारका १२ ओटा, बलात्कार प्रयासका तीन ओटा र बेचबिखनका दुई ओटा लगायतका घटना प्रस्तुत गरेको छ ।
सन् २०२४ मा चितवन जिल्ला अदालतमा दर्ता भएका उल्लिखित मुद्दामध्ये १२ थान मुद्दा फैसला भएकोमा ६ थानमा अभियोगबाट सफाइ पाउने फैसला भएको पाइएको छ ।
