INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम चरिकोटमाा पुस १६ गते सम्पन्न गरिएको छ ।

वार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि उद्धव पोखरेलले सन् २०२४ को अवधिमा सङ्कलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गर्नु भएको छ । उहाँले सन् २०२४ को अवधिमा दोलखामा यौन दुर्व्यवहारका १९ घटना, बलाात्कारका पाँच घटना, कुटपिटका पाँच घटना, एकजना पुरुष र तीनजना महिलाको हत्या भएको विवरण प्रस्तुत गर्नु भयो ।

यसै अवधिमा घरेलु हिंसा पीडित भएको भन्दै १८ जना महिलाले जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दर्ता गराएको र दर्ता भएका उजुरीमध्ये १३ ओटामा मिलापत्र भएको अभिलेख राखिएको उहाँले जानकारी दिनु भयो ।

photo20250101dolakha1

सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले आर्थिक तथा सामाजिक अधिकारका घटनामा कमी आउनु सकारात्मक पक्ष रहेको भन्दै यौन दुर्व्यवहारका घटना बढी भएकोमा सबै पक्षले न्यूनिकरणका लागि सशक्त पहल गर्नुपर्ने औँल्याउनु भयो ।

इन्सेकले घटना सङ्कलन र सम्प्रेषण मात्र नभइ कानुनी साक्षरता र पीडितलाई न्यायमा पहुँच बृद्धि गराई घटना न्यूनिकरण गराउन पहल गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी आलेले बताउनु भयो ।

पत्रकार चिरञ्जीवि मास्केले महिला तथा पछाडि पारिएको समुदायमा अहिले पनि न्यायमा पहुँच पुग्न नसकेको बताउँदे इन्सेकले पीडितहरुका न्यायमा पहुँच बृद्धिमा लाग्न आग्रह गर्नु भयो ।

जिल्ला महिला मानव अधिकारकर्मी सिर्जना कार्कीले इन्सेकले गाउँमा लुकिछिपी रहेका घटनको खोजी गरी उजागर गर्दै न्याय दिन आर्थिक अभावमा कति घटना लुकेका हुँदा आर्थिक सहयोगका कार्यक्रम गर्न आग्रह गर्नु भयो ।

photo20250101dolakha2

अन्य

भिडियो