INSEC Online

📅 २०८३ जेष्ठ २१

आयोगको अध्यक्षमा सक्षम व्यक्ति नियुक्त गर्न समितिको ध्यानाकर्षण

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा योग्य र सक्षम व्यक्तिलाई छनोट गर्नुपर्ने माग गर्दै सङ्क्रमणकालीन न्याय अनुगमन तथा निगरानी समिति कर्णाली प्रदेशले सिफारिस समितिलाई ध्यानाकर्षण गरेको छ ।

समितिका संयोजक पीताम्बर ढकाललेद्वारा ०८१ पुस १ गते जारी विज्ञप्तिमा आयोग र सिफारिस समितिमा द्वन्द्व प्रभावित क्षेत्र, समुदाय र व्यक्तिहरूको सहभागीता सुनिश्चित गर्न ध्यानाकर्षण गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ – ‘सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ जारी भइ नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयबाट ०८१ मङ्सिर २२ गते सार्वजनिक सूचना आह्वान भइ आयोगको पदाधिकारीको लागि १ सय ५६ जनाको आवेदन परी सो प्रकृया अगाडि बढ्नु सुखद पक्ष हो । बेपत्ता परिएका व्यक्तिको छानविन र सत्य निरुपणका लागि नेपाल सरकार, बायोग र सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य गर्न हामी प्रतिबद्ध छौँ । यस आयोगको पदाधिकारी चयन तथा सिफारिस प्रकृया अविलम्ब अगाडि बढ्ने कुरामा हामी विश्वस्त छौँ । साथै उक्त आयोग र सिफारिस समितिमा द्वन्द्व प्रभावित क्षेत्र, समुदाय र व्यक्तिहरूको सहभागीता सुनिश्चित गरियोस् भनी अपिल गर्दछौँ ।’

अन्य

भिडियो