INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले समूहिक बलात्कार घटनाकी पीडित २५ वर्षीया महिलालाई ०८१ मङ्सिर २९ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडित महिलालाई ०८१ मङ्सिर १३ गते कविलासी नगरपालिका-७ सिरसियाका २४ वर्षीय विजय राय र २५ वर्षीय विजय चौधरीले सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा मङ्सिर १६ गते उजुरी दिएका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १७ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

आरोपित यादव र चौधरी हालसम्म फरार रहेकोले खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्स्पेक्टर रोमन राज अर्यालले जानकारी दिनु भयो ।

पीडितको आर्थिक अवस्था कमजोर रहेको र न्यायीक प्रक्रियामा सहयोग पुग्ने उद्देश्यले आर्थिक सहायता प्रदान गरेको इन्सेक मधेस प्रदेश प्रदेश संयोजक राजु पासवानले बताउनु भयो

अन्य

भिडियो