अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार घटनाकी पीडित १८ वर्षीया युवतीलाई ०८१ मङ्सिर २९ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित बलिकालाई ०७९ कात्तिक २४ गते गोडैता नगरपालिका-१० सिसौटियाका २९ वर्षीय अजय साहले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा पुस १२ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७९ पुस १३ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो ।
आरोपित साह ०८० वैशाख २७ गतेदेखि पुर्वपक्षका लागि सिन्धुली जिल्ला कारागारमा छन् ।
पीडितको आर्थिक अवस्था कमजोर रहेको र जाडोमा लाउन पीडितलाई न्यानो लुगा समेत नरहेकोले आर्थिक सहयोग गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।