INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्ववार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम विर्तामोडको गोमेन्द्र क्याम्पसको सभा हलमा मङ्सिर २६ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले झापामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटना प्रस्तुत गर्नु भएको थियो ।

सन् २०२४ को जनवरीदेखि ८ नोभेम्बरसम्मको मानवअधिकार उल्लङ्घनका घटनाहरूको आधारमा समीक्षा गरिएको हो । जसमा १ सय ८८ ओटा घटनामा १ सय ९३ जना पीडित भएका छन् ।

सन् २०२४ जनवरी १ देखि ८ डिसेम्बरसम्मको (०८० पुस १६ देखि ०८१ मङ्सिर २३) करिब एघार महिनाको अवधिमा इन्सेकले अभिलेखीकरण गरेका १ सय ८८ ओटा घटनामा १ सय ९३ जना पीडित भएका छन् ।

जसमा बालबालिका ९८ जना, महिला ८४ जना र पुरूष नौ जना  पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख छ ।

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा छलफलका लागि तयार पारिएको प्रतिवेदनमा इन्सेकले तयार पारेको अभिलेखमा १ सय ८८ ओटा घटनामा १ सय ९३ जना पीडित भएको उल्लेख छ ।

जसमा राज्य पक्षबाट घाइते ६ जना, गैरराज्य पक्षबाट गोली प्रहार एक जना, हत्याका आठ जना, घरेलु हिंसा दुई जना, हत्या प्रयास एक, बलात्कार ९९, बलात्कार प्रयास आठ,  बहुविवाह १५, अपहरण एक, कथित बोक्सी आरोप एक, जातीय भेदभाव तथा छुवाछूत एक, यौन दुर्व्यवहार ३६, मानव वेचविखन एक, बालविवाह एक र आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारका दुई ओटा घटना छन् ।

मानवअधिकार सञ्जाल झापाका अध्यक्ष तथा कार्यक्रममा सभापति डाक्टर रूपक खनालले इन्सेकले पूर्व समीक्षाले मानवअधिकारको अवस्था कस्तो रहेको छ भन्ने जानकारी दिएको बताउनु भयो । मानवअधिकारका विषयमा राज्यको ध्यानाकर्षण गराउन समीक्षा हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।

कार्यक्रममा प्रमुख अथिति वरिष्ठ अधिवक्ता तथा बलपूर्वक वेपत्ता आयोगका सदस्य लीला उदासीलले मानव अधिकार दिवसको अवसरमा इन्सेकको प्रतिवेन तथा मानव अधिकार सञ्जालको हिरासत तथा कारागार अनुगमनको प्रतिवेदन आउनु महत्वपूर्ण रहेको बताउनुभयो । उदासीले सरोकारवालालाई मानव अधिकारप्रति सजग गराउन इन्सेकको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।

झापाका सहायक प्रमुख जिल्ला अधिकार विश्वराज नेपालले मानव अधिकार उल्लघङ्नका घटना कम गर्न इन्सेकको अभियान महत्वपूर्ण र सार्थक रहेको बताउनु भयो । सीमित स्रोत र साधनका कारण मानव अधिकारको संरक्षण गर्न राज्य अझै सफल नभएको सहायक प्रमुख जिल्ला अधिकार विश्वराज नेपालले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश विष्टले इन्सेकको प्रतिवेदनले महत्वपूर्ण विषय औँल्याएकोले सुधार गर्ने मौका दिएको बताउँदै, हिरासत पुराना संरचना भएकोले मानवअधिकारमैत्री नरहेको बताउनु भयो ।

झापा जिल्ला कारागारका जेलर रेवन्त भट्टराइले इन्सेकले कारागारका विषयमा उठाएको प्रश्न सान्दर्भिक रहेकोले कारागारलाई सुधार गर्न इन्सेकको प्रतिवेदन र समीक्षा महत्वपूर्ण भएको बताउनु भयो ।

समीक्षा कार्यक्रममा राज्यका प्रतिनिधि, अधिकारकर्मी, पत्रकारलगायतको सहभागिता थियो ।

Photo 20241212 Jhapa (1)

Photo 20241212 Jhapa (2)

Photo 20241212 Jhapa (3)

अन्य

भिडियो