INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

Photo 20241126 Dhanusha (3)

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएको आर्थिक तथा प्राविधिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ मङ्सिर मङ्सिर ४ गते सम्पन्न भएको छ ।

इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले मानव अधिकार उल्ङ्घनबाट पीडित व्यक्तिहरूको कानुनी प्रकृया र न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको मानव अधिकार सहायता कक्षलाई थप प्रभावकारी बनाउने सम्बन्धमा बैठकको आयोजना गरिएको बताउनु भयो ।

सहायता कक्षले २०२४ जनवरीदेखि अक्टोवरसम्ममा १२ जना पीडितलाई न्याय प्रक्रियामा सहयोग पुग्ने उद्देश्यले आर्थिक सहायता गर्नुका साथै न्यायको लागि पहल गरेको इन्सेक मधेस प्रदेस संयोजक पासवानले बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग, मधेस प्रदेश कार्यालय, जनकपुरधामका प्रमुख बुद्ध नारायण सहनीले आयोग र इन्सेकको सम्बन्ध र सहकार्य राम्रो रहेको उल्लेख गर्नुहुँदै मधेस प्रदेशको मानव अधिकार अवस्था सुधारका लागि मानव अधिकारका क्षेत्रमा क्रियाशील संघ संस्थाहरूबीचको सहकार्य र समन्वय हुन जरुरी रहेको बताउनु भयो । मानव अधिकार सहायता कक्षबाट प्रदान गरिने आर्थिक सहयोगले पीडितलाई न्याय प्रक्रियामा जान सहज भएको उहाँले बताउनु भयो ।

Photo 20241126 Dhanusha (2)

महिला मानव अधिकार रक्षक सञ्जाल मधेस प्रदेशकी अध्यक्ष रेखा झा र ओरेक नेपाल मधेस प्रदेस संयोजक विणा सिंहले मानव अधिकार सहायता कक्षबाट प्रदान गरिने आर्थिक सहयोग वृद्धि गर्न सुझाव दिनु भयो ।

मानव अधिकार सहायकता कक्षका अध्यक्ष तथा अधिवक्ता राजकुमार महासेठले मानव अधिकार सहायता कक्षको आर्थिक सहयोगले आर्थिक रुपले विपन्न पीडित परिवारलाई न्याय प्रक्रियामा जान आर्थिक सहयोग पुगेको बताउनु भयो ।

बैठकमा राष्ट्रिय मानव अधिकार आयोग, एडभोकसी फोरम नेपाल, ओरेक नेपाल, आसमान नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल, थर्ड एलाइन्स, निलहिरा समाज, माइती नेपाल, शान्ति पुनर्स्थापना केन्द्र, आफन्त नेपाल र उन्नत नेपाल लगायत संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अन्य

भिडियो