INSEC Online

📅 २०८३ जेष्ठ २१

देवचुलीका दुई विद्यालयमा बाल अधिकार परिचालन कोष हस्तान्तरण

देवचुली नगरपालिका भित्रका दुई ओटा विद्यालयहरुमा बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ । देवचुली नपा–७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालय र देवचुली नपा–९ मा रहेको कालिका माविमा अनौपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा गठित बाल अधिकार समूहलाई कोष हस्तान्तरण गरिएको हो ।

इन्सेक गण्डकी प्रदेशबाट कात्तिक २८ गते मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत भीमसेन आदर्श माध्यमिक विद्यालयका शिक्षक केशव भुसाल, डिल्लीराज उपाध्यक्षसँगै बाल अधिकार समूहका प्रतिनिधिलाई रकम हस्तान्तरण गरिएको हो । त्यसैगरी कालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक डिलप्रसाद भुसाल, शिक्षक सीता पौडेलसँगै बाल अधिकार समूहका प्रतिनिधिलाई रकम हस्तान्तरण गरिएको हो ।

photo20241119nawalpur (1)

इन्सेकले बाल अधिकार परिचालन कोषका लागि ७/७ हजार रुपियाँ प्रति समूह हस्तान्तरण गरेको हो । उक्त रकम देवचुली मानव अधिकार समूहका संयोजक कृष्णबहादुर बिकद्वारा हस्तान्तरण गरिएको स्थानीय सहजकर्ता राजु चापागाईंले जानकारी दिनु भयो ।

विद्यालयमा बाल अधिकार समूहले निर्माण गरेका योजना अनुसारका कार्यक्रम सञ्चालनका लागि कोषको रकम प्रयोग गरिने विद्यालयका शिक्षकले बताउनु भएको छ । बाल अधिकार समूहले निरन्तर रुपमा कार्यक्रम सञ्चालनमा सहज बनाउन इन्सेकले विगत वर्षदेखि नै गरेको सहयोग अनुकरणीय भएको कालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक डिलप्रसाद भुसालले बताउनु भयो ।

photo20241119nawalpur (2)

अन्य

भिडियो