INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित जानकी गाउँपालिका स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज १४ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।

Photo30092024Banke,

मानव अधिकार समूहका अध्यक्ष मोहमद जाहिर शेखले मानव अधिकारको सवालमा सचेतना तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउन पहल गरिरहेको बताउनु भयो । उहाँले आगामी दिनमा थप कार्य गर्न योजना तय गरिने उल्लेख गर्नुभयो ।

समूहले आगामी पुस महिनासम्म स्वास्थ्य संस्थाको अनुगमन, विद्यालय अनुगमन, ६ नं. वडा पिप्रहवा नहरमा फालिएको फोहोर व्यवस्थापनका लागि मागदावी गर्ने, वडा स्तरको मानव अधिकार समूहको बैठक बस्ने, समूहको सामाजिक परीक्षण, कर चुक्ता गरी स्थानीय तहमा समूह नवीकरण गर्ने र बाल अधिकार परिचालन कोष हस्तान्तरण गर्ने कार्य योजना तय गरेको सहजकर्ता लक्ष्मी थारुले बताउनु भयो ।

बैठकमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत सरस्वती मल्लले मानव अधिकार समूहले उठाएका शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेदका सवालमा स्थानीय तहमा सुनुवाई हुँदै आएकोले थप कानुनी प्रावधान र नागरिकको अधिकारलाई समेटर वकालत गर्नुपर्ने सुझाव दिनुभयो । उक्त समूहले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेद विरुद्धमा वकालत गर्दै आइरहेको छ ।

अन्य

भिडियो