घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज ७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
गौरीगंगा नगरपालिका–८ बेतनपुरकी घरेलु हिंसा घटनाका पीडित ३६ वर्षीया ममता नेगीको न्यायमा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको छ ।
सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालतमा कानुनी प्रक्रियामा रहेको भए पनि आर्थिक अभावका काण समस्या उत्पन्न भएको भन्दै दलित महिला संघ, कैलालीले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले घटनाको अध्ययन गरी आर्थिक सहयोग प्रदान गरको हो ।
आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।
पति जयबहादुर नेगीले मदिरा सेवन गरी आफू र छोरालाई मरणासन्न हुने गरी पटकपटक कुटपिट गरी शारीरिक र मानसिक यातना दिइरहने हुँदा घरेलु हिंसा सहन नसकेर ०८१ असार २० गते जिल्ला अदालत, कैलालीमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरको बताउनु भयो ।
आर्थिक अभावका कारण अदालतसम्म पनि आउन नसक्ने अवस्था भएको र इन्सेकले गरेको सहयोगका कारण आफूलाई न्याय पाउन सहजभएको पीडितले बताउनु भयो ।
कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम