बराहताल गाउँपालिका–५ स्थित जनज्योति माध्यामिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित जनज्योति बाल अधिकार समूहलाई बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ ।
इन्सेक कर्णाली प्रदेशको आयोजनामा असोज ४ गते मानव अधिकार शिक्षा कार्यक्रम अन्तरर्गत विद्यालयका प्रध्यानाध्यापक नारायण सिग्देल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर गंरजाको रोहवरमा बाल अधिकार समूहका उपाध्यक्ष अस्मिता कंडेल र सहसचिव प्रेमबहादुर बुढालाई समूहका लागि ७ हजार रुपियाँ चेक मार्फत हस्तान्तरण गरिएको हो ।
उक्त रकम इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन ललिता विकले हस्तान्तरण गर्नुभएको हो । विद्यालयका प्रध्यान्ध्यापक नारायण सिग्देलले उक्त रकमले बाल समूहलाई आगामी दिनमा पनि कार्यक्रमहरू गर्न प्रेरित गर्ने बताउनु भयो । उहाँले काम गर्दा केहिलेकाहीँ आर्थिक समस्या हुँदा विद्यालयमा कार्यक्रमहरू गर्न निकै कठिन भएको बताउनु भयो । उक्त रकम मार्फत बाल अधिकार समूहले शिक्षा र समग्र बाल अधिकारका सवालमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्ने उहाँले बताउनु भयो ।
