INSEC Online

📅 २०८३ जेष्ठ २१

मधेस प्रदेशको मानव अधिकार विषयक छलफल

Photo 20240920 Janakpurdham (5)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डाक्टर कुन्दन अर्याल, सूचना अधिकारी कृष्ण गौतम, मधेस प्रदेश संयोजक राजु पासवान, प्रलेख अधिकृत मोहन कुमार चौधरी, सहायक अधिकृत मधु पन्थीलगायतको टोलीले ०८१ असोज २ गते मधेस प्रदेशका डिआइजी लालमणि आचार्यसँग भेटघाट गर्नु भएको छ ।

भेटघाटको क्रममा मधेस प्रदेशको मानव अधिकार अवस्थाको बारेमा छलफल गर्नुभयो ।

इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले इन्सेकले मानव अधिकार वर्ष पुस्तकमार्फत नेपालको मानव अधिकार अव्स्थालाई चित्रण गर्दै आएको बताउनु भयो । नेपाल मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू समेट्दै आएको बताउनुहुँदै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवाललाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ मा समावेस गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले महिला र बालबालिकामाथि हुँने साइवर सम्बन्धी घटनाहरूलाई आगामि वर्ष पुस्कतमा समावेस गर्नुपर्ने आवश्यक रहेकोले प्रहरीले यसमा सहयोग गर्नुपर्ने बताउनु भयो ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका डिआइजी लालमणि आचार्यले मानव अधिकारकाे सवालमा आफू सचेत रहेको र इन्सेकसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो । डिआइजी आचार्यले संघियता पश्चात मधेस प्रदेशमा काम गर्न सहज भएको बताउनु भयो । साइबर सम्बन्धी घटनाहरू मधेस प्रदेशमा पनि बढ्दै गएकाे हुनाले मधेस प्रदेश प्रहरी यसमा सजग रहेकाे बताउनु भयाे ।

यसैबीच इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले डिआइजी आचार्यलाई नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ हस्तान्तरण गर्नु भयो ।

Photo 20240920 Janakpurdham (6)

अन्य

भिडियो