INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा तथा रसुवाको मानव अधिकार अवस्था बारे छलफल ०८० असार २९ गते सम्पन्न भयो ।

इन्सेक जिल्ला प्रतिनिधिले जिल्लाभर हालसम्म १ जनाको हत्या, एक जना बलत्कार, महिला हिंसाका घटना दुई , घरेलु हिंसाका तीन गरी सात ओटा घटना इन्सेकको अभिलेखमा रहेको जानकारी दिए । रसुवा जिल्लाको मानव अधिकारको अवस्था बारे समेत सो कार्यक्रममा छलफल भएको भयो  ।

जिल्ला समन्वय प्रमुख अशेक घिमिरे, नेकपा एमाले जिल्ला नेता विष्णु पौडेल, जिल्ला समन्वय समिति सदस्य खुवाप्रसाद पौडेल, टीका देवकोटालगायत सरोकारवालाहरूको सहभागितामा रसुवाको मानव अधिकार अवस्था बारे आफ्नो धारणा गख्नुभयो ।

नागरिक समाजका तर्फबाट झंकनाथ न्यौपाने, हरिप्रसाद ढकाल, प्रेम पौडेललगाएतका सरोकारवालाहरूले  राष्ट्रिय मानवअधिकार कार्ययोजना निर्माण कार्यन्वयन गर्न तथा गाउँ गाउँमा मानव अधिकार बारे सचेतना जगाउन नसकेको बताए ।

स्थानीय सरकारले राष्ट्रिय मानव अधिकार कार्ययोजना प्रति प्रति ध्यान नदिएको सरोकारवालाहरूले बताए ।

WhatsApp Image 2024-07-13 at 23.13.53_67f36708 WhatsApp Image 2024-07-13 at 23.13.53_fbba764f

अन्य

भिडियो