६ वर्षीया बालिकालाई सरावल गाउँपालिका-३ जनकपुरका ५० वर्षीय कानर चौधरीले माघ १३ गते बलात्कार गरेको आरोपमा पीडितका पक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडित पक्षले दिएको भए पनि घटनाका आरोपित फरार रहेको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सई टिकाराम पोखरेलले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ परीक्षण माघ १४ गते सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।