मानव अधिकार समूहको समस्या पहिचान बैठक सम्पन्न अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले इच्छाकामना गाउँपालिकामा गठन गरेको पालिकास्तर मानव अधिकार समूहको बैठक र समूहको कार्ययोजना बैठक वैशाख ७ गते समपन्न गरेको छ ।
इच्छाकामना गाउँपालिका वडा नं ४ को सभाहलमा आयोजना गरिएको कार्यक्रममा मानव अधिकार समूहका पदाधिकारीहरू, राजनितिक दलका व्यक्ति र पालिकाका कर्मचारीहरू आदिको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानिय तहमा मानव अधिकार समूहहरूको समस्या, आगामि कार्ययोजना, यहाँको समस्या समाधान गर्न के कस्तो र कसरी पहल गर्ने जस्ता विविध पक्षमा छलफल भएको थियो । छलफलमा कार्ययोजनाका साथै समस्याहरूको पनि पहिचान भएको थियो ।
समस्या पहिचानमा अघिल्ला बैठकमा पहिचान भएका समस्याहरू नै भएको र ति समस्याहरूमा पनि धरै जसो गाँउपालिकाबाट सुधार गरीएको बताए ।
इच्छाकामना गाँउपालिकाको गा्रमिण भेगहरूका बालबालिकाहरूको शिक्षा क्षेत्रमा भने कठिनाइ रहेको बताए,गा्रमिण भेगमा प्राय अध्यनरत विद्यार्थिहरू जनजाति, पिछडिएको रहने साथै यहाको भौगोलिक विकटताको कारणले पनि विद्यार्थिहरूले बिचैमा पढाइ छोड्ने दर बढ्दो रहेको बताए ।
आर्थिक अवस्था कमजोर सँगै विद्यार्थीहरू टाढाबाट हिनेर आउनुपर्ने बाध्यता भएपछि धेरै जसो विद्यार्थी बिचैमा पढाइ छाडि अरुको ज्यालान नोकरी गरी जिविको पार्जन गर्ने गरेको बताए ।
मानव अधिकार समूह सदस्यहरूले यस पालिकामा फोहोरको व्यवस्थापन गर्न र फोहोर उठाउनका लागि पालिकाले नगर फोहोर व्यवस्थापन गाडिको सञ्चालन गरेको बताए । पालिका भित्रका वडाहरूमा नालि निर्माण,सडक बाटो ढलान निर्माण सम्पन्नता सँगै सुरुवात गरेको छ । समस्याहरू सबै पुरानै रहेको र यि समस्याहरू स्थानिय सरकारले सुधार गरेको महसुश गरेको बताए ।

कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम