INSEC Online

📅 २०८३ जेष्ठ २२

इन्सेकद्वारा झुम्का कारागारको अनुगमन

कोशी प्रदेशकै सबै भन्दा ठूलो कारागार झुम्का क्षेत्रीय कारागारको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले माघ १९ गते कारागारको अनुगमन गरेको छ ।

इन्सेक कोशी प्रमुख सोमराज थापा, प्रलेख अधिकृत पुण्य अधिकारी, उच्च वार विराटनगर, मानव अधिकार अनुगमन समितिका अनिल खड्का, मानव अधिकारविज्ञ कोषराज न्यौपानेलगायतको समूहले कारागारको अनुगमन गरेको हो ।

कारागारको अनुगमनपछि कारागार प्रशासक ध्रुवराज कोइरालालगायतसँग लिइएको सामूहिक तस्विर ।
कारागारको अनुगमनपछि कारागार प्रशासक ध्रुवराज कोइरालालगायतसँग लिइएको सामूहिक तस्विर ।

१ हजार ६ सय कैदीबन्दीको राख्ने क्षमता भएको झुम्का कारागारमा स्वास्थ्य अधिकारको अवस्था, खानेपानी, औषधि उपचारलगायतका विषयमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा ज्येष्ठ नागरिकको अवस्था र अपाङ्ता भएका व्यक्तिहरुको अवस्थाका विषयमा कारागारका नाइके, भाइनाइके र जेलरसँग जानकारी लिइएको छ ।

कारागारका जेलर ध्रुवप्रसाद कोइरालाले झुम्का कारागारमा क्षमता भन्दा केही कम कैदी भएका कारण समस्या नभएको बताउनु भयो । उहाँले कारागारभित्र समस्या नभएपनि कारागारको भवन जीर्ण भएको, वर्खाको समयमा पानी चुहिने भएकाले त्यसको निकासका लागि मानव अधिकारकर्मीलाई पहल गर्न आग्रह गर्नुभयो ।

कारागारका सूचना अधिकारी एवम् अधिकृत कृष्ण सुवेदीले कारागारमा कैदीको उपचारका लागि दुई जना चिकित्सक रहेकाले स्वास्थ्य उपचारमा समस्या नभएको बताउनु भयो ।

कारागारको ब्लक ए का भाइ नाइके हर्कमान तामाङ्गले कारागारभित्र कुनै किसिमको समस्या नभएको बताउनु भयो ।

कारागारको ब्लक बी का भाइ नाइके प्रज्वल तामाङ्गले कारागारमा पानी चुहिने समस्या भएको बताउनु भयो ।

कारागारमा ए ब्लकमा ५ सय ८० जना कैदी र २ सय ३ जना बन्दी गरी ७ सय ९३ र बी ब्लकमा ५ सय ७३ कैदी र २ सय २२ बन्दी गरी ७ सय ९५ जना छन् ।

१६ सय कैदीबन्दी क्षमताको कारागारमा १ हजार ५ सय ८९ जनालाई राखिएको छ ।

अन्य

भिडियो