INSEC Online

📅 २०८३ जेष्ठ २१

जनचेतनामूलक सडक नाटक कार्यक्रम सम्पन्न

20240127 Dhanusha

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा श्री जनता माध्यमिक विद्यालय नकटाझिजमा गठन गरिएकाे बाल अधिकार समूहका बालबालिकाहरुले ०८० माघ १२ गते मिथिला नगरपलिका -२ हजरा चौकमा सडक नाटक प्रदर्शन गरेका छन्।

बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले शिक्षा, स्वास्थ्य, दाईजो प्रथा, छुवाछुत, बाल विवाह र महिला हिंसा तथा भेदभाव र बालबालिकामा लगानी सुनिश्चित भविष्य काे थालनी जस्ता विषयमा जनचेतना मूलक सडक नाटक प्रदर्शन गरेका हुन।

साथै, आज भाेलिका युवा, बालबालिका तथा विद्यार्थीहरू कसरी लागु औषध, जाँड रक्सि जस्ता कुलतमा फसिरहेका छन् र यस्ता किसिमका विकृतिहरुलाई न्यूनिकरण गर्दै ती आजका युवा तथा भाेलीका कर्णधारहरुलाई सही बाटाे तर्फ उन्मुख गर्न उचित शिक्षाकाे आवश्यक्ता रहेकाे समेत उक्त नाटकले दर्शाएकाे थियाे ।

मानव अधिकारको प्रत्याभूतिका लागि सरोकारवाला निकायहरूलाई ध्यानाकर्षण गराउन नाटक प्रभावकारी रहेको संरक्षक शिक्षक विश्वनाथ महताेले बताउनु भयाे।

हाम्रो समाज तथा समुदायमा शिक्षा र सचेतनाकाे कमी भएकै कारण दिनप्रतिदिन मानव अधिकार उल्ल‌ंघन तथा ज्यादतिका घटनाहरु बढिरहेको छ । तसर्थ, यस्ता घटनाहरुलाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमहरु बजारमुखि तथा शहरमा मात्र केन्द्रित नभइ ग्रामीण भेगसम्म पुर्‍याउनुपर्ने बाल अधिकार चेतना समूह अध्यक्ष ललित महतोले बताउनु भयाे ।

मानव अधिकारको प्रत्याभूतिका लागि सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराउनको लागि नाटक प्रभावकारी हुने गरेको संरक्षक शिक्षक विश्वानाथ महत्ताेले बताउनु भयाे ।

20240127 Dhanusha 2 20240127 Dhanusha 3 20240127 Dhanusha 4 20240127 Dhanusha 5 20240127 Dhanusha 6 20240127 Dhanusha 7 20240127 Dhanusha 8

अन्य

भिडियो