INSEC Online

📅 २०८३ जेष्ठ २१

वातावरण अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा  माघ ०७ गते चामुण्डाबिन्द्रासैनी नगरपालिकामा वातावरण अधिकार विषयक कार्यशाला सम्पन्न भयो ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका मानव अधिकार समूहका अध्यक्ष बालीराम जैसीको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा चामुण्डाबिन्द्रासैनी–८ का वडा अध्यक्ष रत्न बहादुर शाहीले वातावरण संरक्षण गर्न मानव जातिले आनिबानीमा सुधार गर्नुुपर्ने भन्दै इन्सेकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदविरुद्ध विविध खाले कार्यक्रमको आयोजना गरी सचेतना अभिवृद्धि गरेको प्रति धन्यवाद प्रकट गर्नु भयो ।

कार्यक्रममा चामुण्डाबिन्द्रासैनी–८ स्थित जनता माध्यमिक विद्यालय बस्तेकोटका शिक्षक उपेन्द्र कार्कीले  चामुण्डाबिन्द्रासैनी  नपालाइ स्वच्छ, सफा र सुन्दर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नु भयो । मानव अधिकार शिक्षा कार्यक्रम अन्र्तगत सम्पन्न कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरु, बाल अधिकार समुहका सदस्यहरु, जनप्रतिनिधि, शिक्षक, अभिभावक, मानव अधिकार समूहका सदस्य तथा बाल अधिकार समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Photo20240122 Dailekh (1)

Photo20240122 Dailekh (2)

Photo20240122 Dailekh (3)

Photo20240122 Dailekh (4)

अन्य

भिडियो