INSEC Online

📅 २०८३ जेष्ठ २१

मायाँदेवी गाउँपालिकामा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

इन्सेकसंग आवद्ध मानव अधिकार समूह मायाँदेवीको आयोजना तथा मायाँदेवी गाउँपालिकाको सहयोगमा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी पुस २६ गते सम्पन्न भएको छ ।

कार्याशाला गोष्ठिमा गाउँपालिकाका अध्यक्ष वलिउद्धिन मुसलमानले वातावरणको सङ्रक्षण गर्न सबै सरोकारवालाहरूको साथ सहयोगको आवश्यकता रहेको बताउनु भयो । गाउँपालिकालाई सौन्दर्य र समृद्ध गाउँपालिका बनाउन गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै स्थानीय तहलाई खबरदारी गर्दै वातावरण सङ्क्षण गर्नु सबैको दायित्व भएकोले बताउनु भयो ।

शिक्षामा सुधार ल्याउन शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समिती जागरुक हुनुपर्नेमा जोडदिनुभयो  मुसलमानले जोड दिनु भयो ।

मानव अधिकार समूह र बाल अधिकार चेतना समूहले गाउँपालिकाका विभिन्न समस्याहरूलाई पहिचान गरी सचेतना जगाउने र समस्याको समाधान गर्ने कार्य महत्वपूर्ण भएको उहाँले भन्नु भयो ।

यस्तै स्वास्थ्य शाखा प्रमुख महेन्द्रप्रसाद यादवले सम्पूर्ण स्वास्थ्य चौकीहरुमा औषधी व्यवस्थापनको लागि टेण्डर प्रक्रियाबाट औषधिहरुको व्यवस्थापन गरिएको बताउनु भयो ।

कार्यक्रममा प्रदेश स्तरिय बाल अधिकार सञ्जालका अध्यक्ष राजकुमार धोवीले वातावरण र सरसफाईमा स्थानिय सरकारले बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार समूहका सचिव सुन्दरी चौहानले सरकारले निशुल्क दिने औषधीहरु पूर्ण रुपमा स्वास्थ्य चौकीहरुमा नभएको  विषयमा  स्वास्थ्य शाखा प्रमुखको  ध्यानाकर्षण गराउनु भयो ।

अन्य

भिडियो