INSEC Online

📅 २०८३ जेष्ठ २१

वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी सडक नाटक प्रदर्शन

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा चामुण्डाबिन्द्रासैनी नगरपालिका– ६ स्थित श्री जयदेव माध्यमिक विद्यालयमा गठित बाल अधिकार समूहको समन्वयमा  ०८० माघ ०५ गते वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाको बाल अधिकार समूहले वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी सडक नाटक प्रदर्शन सम्पन्न कार्यक्रममा श्री जयदेव माध्यमिक विद्यालय प्रधानाध्यापक तिलकप्रसाद शर्माले इन्सेकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण विविध खाले कार्यक्रमको आयोजना गरी सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भयो । वातावरण संरक्षणमा स्थानीय तह देखि सामाजिक संघ सस्थाहरुले हातेमालो गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।

सडक नाटक प्रदर्शनमा बाल अधिकार समूहका कलाकारले वातावरण संरक्षण तथा सरसफाइसम्बन्धी सचेतनामुलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा लागुपदार्थ दुब्र्यसनी तथा महिला हिंसा विरुद सडक नाटक प्रदर्शन कार्यक्रममा अभिभावक,विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि,शिक्षक, बाल अधिकार समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Photo20230121Dailekh (1)

Photo20230121Dailekh (2)

Photo20230121Dailekh (3)

अन्य

भिडियो