INSEC Online

📅 २०८३ जेष्ठ २१

वातावरण संरक्षणका लागि अन्तरक्रिया सम्पन्न

देवानगञ्ज गाउँपालिकामा वातावरण संरक्षणको लागि सरोकारवालाको भूमिका विषय अन्तरक्रिया कार्यक्रम पुस २५ गते सम्पन्न गरिएको छ ।

Photo 20240110 Sunsari (1)

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको सहयोगमा मानव अधिकार समूह देवानगञ्जको आयोजनामा सम्पन्न भएको कार्यक्रमका सहभागीहरूले वातावरण संरक्षणमा जोड दिएका छन् ।

कार्यक्रममा इन्सेक कोशी प्रदेश कार्यालय, कार्यक्रम अधिकृत बागमती कट्टेलले भावी पुस्ताका लागि अमूल्य र विशिष्ट जीवजन्तु तथा वनस्पति, वन क्षेत्रको संरक्षण गर्दै सुन्दर भविष्य सुनिश्चित गर्नुपर्ने बताउनु भयो । उहाँले देवानगञ्जमा सिङ्गो गाउँबस्ती, सामाजिक, आर्थिक, विकास गर्ने लक्ष्यप्रति प्रतिवद्ध भई त्यसलाई महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । कट्टेलले प्रकृति तथा मानवबिचको सम्बन्ध अभिन्न अङ्ग रहनाले स्थानीय समुदायले विद्यालय, सडकबाटोसहित वन र जमिनको संरक्षण गरी वातावण संरक्षणमा योगदानका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा पत्रकार विवेक मेहताले नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सुनिश्चित गर्न सरकारसहित आम नागरिक सचेत र प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो  । शिक्षक फागु मेहताले वातावरण संरक्षण चुनौतीपूर्ण विषय भएकाले सबैको हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । अधिकारकर्मी निरु मेहताले गाउँमा वतावरण संरक्षणका बारेमा सचेतना आवश्यक रहेको बताउनुभयो ।

सरोकारवालाहरुको भेलाले देवानगञ्ज वातावरण संरक्षण सहयोग समिति रेखा सरदारको अध्यक्षतामा १३ सदस्य समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा सवनव खातुत र सचिवमा अमनकुमार यादव चयन हुनुभएको छ ।

सदस्यहरुमा फागु मेहता, जयप्रकाश पासवान, कोरेशा खातुन, पवन यादव, सरिता राम, रामकुमार पण्डित, निरु मेहता, रुवि साह र गुलावचन्द मेहता सहित रहनुभएको छ । कार्यक्रममा शिक्षा शाखा प्रमुख राजकुमार मेहताले गाउँलाई स्वच्छ, सफा र सुन्दर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो ।

सहभागी रुवी साह, मानव अधिकार समूहका अध्यक्ष राजकुमार मण्डल, सचिव विवेक मेहता, इन्सेकका सहजकर्ता दिपेन्द्र झा, जनप्रतिनिधिहरु, शिक्षक, बाल अधिकार समूहका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Photo 20240110 Sunsari (2)

अन्य

भिडियो