INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पूर्व समीक्षा गोष्ठी सम्पन्न

WhatsApp Image 2024-01-05 at 7.09.50 PM
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि जिल्लामा अभिलेख गरिएको घटनाको पुष्टि तथा पुर्नपुष्टिका लागि वार्षिक समीक्षा गोष्ठि ०८० पुस १५ गते जनकपुरधाममा सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक धनुषा प्रतिनिधिले जिल्लामा अभिलेख गर्नु भएको घटना अनुसार यस वर्ष १ सय १८ जना पीडित भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रस्तुत प्रतिवेदनमा हत्या घटनामा सात, कुटपिटका घटनामा १५, शारीरिक दण्ड सजाय घटनामा एक, घरेलु हिंसाका घटनामा ८३, वोक्सी घटनामा एक, बलात्कार घटनामा नौ, बलात्कार प्रयास तथा यौन दुव्र्यवहार घटनामा एक⁄एक जना पीडित भएका छन् । गत वर्ष ९६ जना पीडित भएको घटना इन्सेकले अभिलेख गरेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले मानव अधिकार सम्बन्धी चेतनाका कुरा नागरिकलाई बुझाउन जरुरी रहेको उल्लेख गर्नु हुँदै ग्रमिण तहमै सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न इन्सेकलाई सुझाव दिनु भयो । उहाँले नेपाल मानव अधिकार वर्ष पुस्तकमा विकासका अधिकारलाई मानव अधिकारको धारणाबाट उठाउन गर्न समेत सुझाव दनु भयो ।

जिल्ला प्रहरी कार्यालयका एसपी मित्र बन्धु शर्माले मानव अधिकार वर्ष पुस्तकमा यथार्थपरक कुराहरूलाई विश्लेषणात्मक रुपमा ल्याउन सुझाव दिनु भयो । हक प्रचलन गर्दा अर्काको अधिकार हनन् हुने भएकोले प्रहरीले वल प्रयोग गर्ने गरेको र सकेसम्म धेरै घटनामा प्रहरी संयमित हुने गरेको उहाँले बताउनु भयो । प्रहरीको आत्म वल नगिराउने गरी सबैले मानव अधिकार संरक्षणमा समन्वय र सहयोग गर्न उहाँले आग्रह गर्नु भयो ।

जिल्ला प्रहरी गण धनुषाका एसपी हरिहर योगीले इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकले मानव अधिकारको क्षेत्रमा ठुलो योगदान पु¥याउँदै आएको बताउनु भयो । सुरक्षाकर्मीबाट मानव अधिकार उल्लंघनको घटना भएको प्रदिवेदनहरूमा सुरक्षाकर्मी राज्यका नागरिक भएको हुनाले उनको पनि मानव अधिकारको विषयमा इन्सेकले बोल्नु पर्नेमा उहाँले जोड दिनु भयो ।

सशस्त्र प्रहरी वल धनुषाका एसपी गणेश मल्लले जनचेतनाको अभाव, गरिवी, अशिक्षा र वेरोजगारीका कारण मधेश प्रदेशमा हिंसाका घटनाहरू हुने गरेकाले यसप्रति सबै निकायको ध्यान जान अवश्यक रहेको बताउनु भयो ।

इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले मानव अधिकार सम्बन्धी हिंसाका घटनाहरू गत वर्षको तुलनामा यो वर्ष बढेकोले घटना न्युनिकरणका लागि सरकारले नीति तथा कार्यक्रमहरू ल्याउन जरुरी रहेको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका मानव अधिकार अधिकृत रेखा तत्तले सुरक्षा निकायबाट पनि यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनाहरू भएकोले यसप्रति राज्य पक्ष गम्भिर हुन जरुरी रहेको बताउनु भयो । धनुषामा महिला हिंसाका घटनाहरू भइरहेकोले महिलामाथि हुने हिंसाका घटना न्युनिकरणमा सरोकारवाला निकायको समन्वय आवश्यक रहेको उहाँले बताउनु भयो ।

इन्सेक मधेश प्रदेश कार्यालयका कार्यक्रम फोकल पर्सन बरुण बस्यालले सञ्चालन गर्नु भएको कार्यक्रममा एडभोकेसी फोरम, ओरेक, आफन्त नेपाल, महिला मानव अधिकार रक्षक सञ्जाल धनुषा, कायापलट, जिल्ला युवा सञ्जाल, धनुषा, निल हिरा समाज, माइती नेपाल र फियान नेपाल लगायत संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
WhatsApp Image 2024-01-05 at 7.09.52 PM WhatsApp Image 2024-01-05 at 7.09.58 PMWhatsApp Image 2024-01-05 at 7.09.50 PM (1)

अन्य

भिडियो