INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी भन्दै अभक्ष खुवाउने घटनाका आरोपित गिरफ्तार

सुनकोशी गाउँपालिका-१ स्थित ठोकर्पाकी ४६ वर्षीया गोमा ढुङ्गानालाई कथित बोक्सीको आरोपमा अभक्ष (मानव मलमूत्र) खुवाएको आरोपमा सोही ठाउँकी ४१ वर्षीया मेनुका न्यौपानेलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७४ पुस २३ गते बिहान सोही ठाउँका ठाकुर न्यौपानेको घरको आँगनमा ल्याएर पीडित गोमालाई कथित बोक्सीको आरोप लगाई कुटपिट गरी प्लाष्टिकमा पोकोपारी ल्याएको मुखमा दली अमानवीय व्यवहार गरेको पीडितको आरोप छ ।

पीडित पक्षले माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको प्रहरीले जनाएको छ । आरोपितलाई हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण केसीले बताए ।

अन्य

भिडियो