अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सन् २०२३ जनवरीदेखि डिसेम्बर २१ तारिखसम्म कैलाली जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको वार्षिक समीक्षा कार्यक्रम ०८० पुस ६ गते जिल्ला सदरमुकाम, धनगढीमा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द् (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका निमित्त प्रदेश संयोजक कृष्णबहादुर विश्वकर्माले इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा प्रकासन गरिने मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना तथा तथ्यतथ्याङ्कहरुलाई पुष्टि तथा पुर्नपुष्टि गर्ने उद्देश्यले समीक्षा कार्यक्रमको आयोजाना गरिएको बताउनु भयो ।
सन् २०२३ जनवरीदेखि डिसेम्बर २१ तारिखसम्म कैलाली जिल्लामा ४ सय १३ ओटा घटनाहरु सङ्कलन गरिएको र सो अवधीमा ३ सय ५७ महिला, ४५ बालिका र १५ पुरुष गरी ४ सय १७ जना पीडित भएका विवरण समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख हरी ज्ञवालीले इन्सेकले प्रकाशन गदै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गरिएका मानव अधिकारका प्रमुख सवालहरु छनौट गरी नागरिक समाज तथा संघसस्थाहरुको समन्वयमा प्रदेश सरकार तथा स्थानीय तहलाई मानव अधिकारको संरक्षणका लागि दबाव दिन अवाश्यक भएको बताउनु भयो ।
जिल्ला कारागार, कैलालीका प्रमुख पदमराज तिमिल्सिनाले इन्सेकले मानव अधिकार उल्लङ्घनका घटना मात्र नभई राज्यको प्रमुख तीन अङ्क कार्यपालिका, व्यवस्थापीका र न्यायपालीकाको काम, कर्तव्य र जिम्मेवारीको बारेमा स्पष्ट रुपमा समावेश भएकाले राज्यलाई मानव अधिकारको संरक्षणमा काम गर्न सहज भएको बताउनु भयो ।

एडभाकेसी फोरमका संयोजक पुष्पविक्रम शाहीले इन्सेकले प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तक तथ्यमा आधारित स्रोतको रुपमा रहेको बताउनु भयो ।
ओरेक नेपालकी जिल्ला संयोजक गीता चौधरीेले तथ्याङ्कमा दोहोरोपना हटाउनका लागि सरोकारवालहरुसँग समन्वय गरेर सूचनामा एकरुप्ता ल्याउन सकिने बताउनु भयो ।
