INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारसम्बन्धी पाँचाैँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बागलुङमा मानव अधिकारसम्बन्धी पाँचाैँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम बागलुङमा ०८० पुस ५ गते सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र राष्ट्रिय मानव अधिकार आयोग पोखराको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले सम्पत्ती माथिको व्यक्तिगत स्वामित्व अन्त्य भएमात्र पूर्ण रुपमा मानव अधिकार कार्यान्वयन हुने बताउनु भएको छ । नेपालको परिवेशमा पूर्ण मानव अधिकार कार्यान्वयन चुनौतिपूर्ण रहेको भन्दै उहाँले समाज र समाजका सभ्य नागरिकको दायित्व मानव अधिकारको प्रत्याभूती दिलाउन प्रयत्नरत रहनु भएको बताउनु भयो ।

जेष्ठ नागरिक, अपाङ्गता भएका र पछाडि परेका वर्गले अहिले पनि सामान्य अधिकार प्राप्त गर्नको लागि संघर्ष गर्नु परेको भन्दै पुनले मानव अधिकार प्रत्याभूत हुन्छ भन्नेमा ढुक्क नभए पनि आफु आफ्नो पदिय र आम नागरिकको दायित्व निर्वाह गर्नमा प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका गण्डकी प्रदेश संयोजक शिव खकुरेलले नेपालमा २०६१÷०६२ देखि मानव अधिकार कार्ययोजना तर्जुमा गरिएको भन्दै हालसम्म चार ओटा पञ्च वर्षिय योजना सम्पन्न भइसकेको जानकारी गराउनु भएको थियो ।

उहाँले आर्थिक वर्ष ०७७÷०७८ देखि ०८१÷०८२ सम्म पाँचाैँ कार्यायोजना कार्यान्वयनको अवस्थामा रहे पनि यसको कार्यान्वयनका लागि स्थानीय तह, प्रदेश र संघ गरि तीन तहकै सरकार जिम्मेवार नदेखिएको बताउनु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्का, वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना र बेपत्ता पारिएका व्यक्तिहरुको तर्फबाट जसोधा शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल बागलुङका संयोजक पवित्रा खड्का, डिसिआर डिसी बागलुङका कोषाध्यक्ष सुनिता किसान, अपाङ्गता सरोकार संघ बागलुङका अध्यक्ष चिजा थापा, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङका उप सभापति राजेन्द्र आचार्य लगाएतले जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, बागलुङका समन्वय अधिकारी कृष्णराज गौतमले आ–आफ्नो जिल्लामा मानव अधिकार र पाँचाैँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका मानव अधिकार अधिकृत खिमलाल सुवेदीले मानव अधिकार सम्बन्धी पाँचाैँ राष्ट्रिय कार्ययोजना र कार्यान्वयनको अवस्था, पाँचाैँ राष्ट्रिय कार्ययोजनाका महत्वपूर्ण प्रावधानका  विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Shiva sirkaji gauleyogendra

अन्य

भिडियो