INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार समूह परिचालनका लागि कोष हस्तान्तरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र  (इन्सेक) कर्णाली प्रदेशको सहयोगमा इन्सेकको इएलपी कार्यक्रम अन्तर्गत गठित जनज्योति बाल अधिकार समूह परिचालनका लागि मङ्सिर २८ गते  तीन हजार पाँच सय रुपियाँ हस्तान्तरण गरिएको छ ।

बाल अधिकार चेतना समूहले बाल अधिकार सवालमा तयार पारेको  कार्ययोजनालाई सामुदाय र विद्यलायमा प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउनको लागि कोष हस्तान्तरण गरिएको हो ।

इन्सेक सुर्खेत जिल्ला सहजकर्ता ललिता विश्वकर्माले बराहताल गाउँपालिका ५ स्थित जनज्योति माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक कमलराज आचार्यलाई  हस्तान्त्रण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा बाल अधिकार समूहका अध्यक्ष सनिल सिंह सुनार, उपाध्यक्ष अस्मिता कँडेल, सचिव सुमन बिक, समूहका सदस्य दिपेश मिजार, नितिशा ढकाल, पूजा सुवेदी, लक्ष्मी विक, याम दीप पुलामी मगर र सोही विद्यालयका लेखापाल प्रेम सिजापति, बालअधिकार समूह संरक्षक शिक्षक नारायण विक्रम जिसीको उपस्थिति रहेको थियो । उक्त रकमले बाल अधिकार समुहको संस्थागत विकासमा सहयोग पुग्ने सहायक प्रध्यानाध्यापक आचार्यले बताउनुभयो ।

Photo20231214Surkhet (4)

अन्य

भिडियो