INSEC Online

📅 २०८३ जेष्ठ २१

७५औंँ अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा दिप प्रज्वलन

७५‌औँ  अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा पर्वतमा दिप प्रज्वलन गरिएको छ ।

नागरिक समाज सञ्जाल पर्वतको संयोजन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्वत, गैसस महासंघ पर्वत र नेपाल मानवअधिकार संगठन पर्वतको संयुक्त आयोजनामा मङ्सिर २३ गते साँझ कुश्मा बजार स्थित लोकतन्त्रचोकमा सामुहिक रुपमा दिप प्रज्वलन गरिएको हो ।

१९४८ मा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्र जारी भएको दिनको सम्झना स्वरुप दिप प्रज्वलन गरिएको हाे ।

कार्यक्रममा बोल्दै पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले विश्वव्यापी रुपमा जारी भएको घोषणा पत्र कार्यान्वयनका लागि मुलुकहरु लागिपरिरहेको बताउँदै नेपालमा पनि मानवअधिकार संरक्षण र प्रवद्र्धनका लागि सबै तहबाट आ आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा आचार्यले आधारभूत तथा प्राकृतिक अधिकार प्रत्याभूतिका लागि पर्वत जिल्लाका सरकारी निकायहरु प्रतिवद्ध रहेको बताउँदै मानवअधिकारको हनन् भएका घटनाहरु जानकारी प्राप्त भएमा तत्काल खबर गर्न समेत आह्वान गर्नुभएको थियो ।

नागरिक समाज सञ्जाल पर्वतका संयोजक माधव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मानवअधिकार संगठन पर्वतका सचिव रुद्रप्रसाद शर्माले सञ्चालन गर्नुभएको थियो ।

nagarik samaj nagarik samaj 2

अन्य

भिडियो