INSEC Online

📅 २०८३ जेष्ठ २१

कालिका नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा चितवन जिल्लाको कालिका नगरपालिकामा मानव अधिकार समूहको बैठक ०८० असोज १७ गते सम्पन्न भएको छ ।

Photo_080-6-19_Chitwan,

उक्त बैठकमा कालिका नगरपालिका भित्र रहेका समस्यहच को बारेमा छलफल तथा समस्याहरू पहिचान गरिएको छ । जस अन्तर्गत शिक्षा क्षेत्रमा देखिएको समस्यामा विद्यालयमा दिने दिवा खाजा खाने व्यवस्थित ठाँउ नभएको जसले गर्दा विद्यार्थीहरू बाहिर सडकमा खाजा खाने गरेको हुँदा यसले दुर्घटना निम्त्याउन सक्ने उच्च सम्भावना रहने हुँदा स्थानीय तहबाट सम्पूर्ण सामुयायिक विद्यालयमा अनुगमन नभएको समस्या बैठकमा छलफल गरीएको छ ।

Photo_080-6-19_Chitwan.

यस्तै गरी कालिका नगरपालिकाको वडा नं. ८ र वडा नं. ९ मा बढी काठ तस्करी, सार्वजनिक मन्दिरमा चोरी बढेको हुँदा यस विषयमा प्रहरी प्रशासनलाई खबर गराउँदा प्रहरीहरू समयमा नआउने समस्या रहेको कालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष चित्र बहादुर मगरले बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रहरी प्रशासन तस्करीको भन्सार जस्तो भएको छ । ठुलाबडा भन्नेहरू, जनप्रतिनिधिको पहुँच पुगेर पनि होला हामीले चोरी, तस्करीलाई पूर्ण रूपमा त परै जावोस थोरै पनि न्यूनीकरण गर्न सकेको छैनौँ ।’

यस्तै स्थानीय तहमा फोहोर मैला व्यवस्थित रूपमा व्यवस्थापन नभएको कारण कालिका नगरपालिका भित्र फोहोरको समस्या भएको समूहको अध्यक्ष निर्मला थापाले बताउनु भयो । यस बैठकमा कालिका नगरपालिका मानव अधिकार समूह, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी वडा सचिव आदिको सहभागिता रहेको थियो ।Photo_080-6-19_Chitwan

अन्य

भिडियो