INSEC Online

📅 २०८३ जेष्ठ २२

बालाधिकार सचेतना समूह पूनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न

WhatsApp Image 2023-10-06 at 5.48.33 PM
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा बटेश्वर गाउँपालिका–१ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय, चित्रपुरमा बालाधिकार सचेतना समूहको पूनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा श्री लक्ष्मि माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूह ०८० असोज १८ गते देवेन्द्र कुमार महतोको अध्यक्षतामा २५ सदस्यीय बाल अधिकार सचेतना समूह पूनर्गठन भएको छ ।

बालअधिकार सचेतना समूहको पूनर्गठन बैठकबाट अध्यक्षमा देवेन्द्र कुमार महतो, उपाध्यक्ष प्रीति कुमारि महतो, सचिव रोशन कुमार महतो, सहसचिव अमरजित कुमार महतो, कोषाध्यक्ष अस्मिता कुमारि शर्मा , संरक्षक शिक्षक सतेन्द्र शर्मा चयन हुनुभएको थियो ।

उक्त कार्यक्रममा इन्सेक मधेस प्रदेशका सहायक अधिकृत बरुण वस्यालले बाल अधिकार सचेतना समूहले विद्यालयमा हुने विभिन्न क्रियाकलापहरूमा सहभागिता जनाउनुकासाथै व्यक्तित्व विकासका विभिन्न कार्यक्रमहरू समेत गर्ने बताउनु भयो ।

कार्यक्रममा श्री लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक कुमार ठाकुर, शिक्षक, शिक्षिका र बटेश्वर गाउँपालिका मानवअधिकार समूह का सदस्यलगायतको सहभागिता थियो ।

WhatsApp Image 2023-10-06 at 5.48.11 PM

अन्य

भिडियो