अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक असोज १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश संयोजक भोला महतले बैठकको उद्देश्यमा प्रकाश पार्दै वातावरणीय सचेतना आजको आवश्यता रहेको बताउनु भयो । वातावरणसम्बन्धी कानुन बारे आम नागरिकलाई जानकारी र प्रभावकारी कार्यान्वयन गर्ने दायित्व राज्य भएको बताउनु भयो ।
संयोजक महतले समुदाय स्तरमा भएका वातावरणीय प्रदुषणका समस्याहरू सञ्जाल मार्फत रिपोटिङ्ग गरेपछि सार्वजनिक सरोकारका विषयमा रिट दायर गर्न सहयोग मिल्ने बताउनु भयो ।
सञ्जालकी अध्यक्ष कमला भण्डारी ज्ञवालीले वातावरणको समस्या साझा भएकोले स्थानीय तहबाट सचेतना गर्नु पर्ने बताउँदै लिखित रूपमा मागदावी गर्नुपर्ने बताउनु भयो ।
बैठकमा वातावरण अधिकार सम्बन्धी सचेतना तथा वकालत गर्ने, वातावरण प्रदुषण र फोहोर व्यवस्थापनका लागि स्थानीय तहमा भेटघाट र मागदावी गर्ने , जिल्लागत अन्तरक्रिया कार्यक्रम गर्ने , आफ्नो स्थानिय तहमा टोल विकास समितीसँग समन्वय गर्ने र तीन जना सदस्य थप गर्ने निर्णय भएको अध्यक्ष कमला भण्डारी ज्ञवालीले बताउनु भयो ।
वातावरणीय हक अधिकार र जलवायु परिवर्तनका अवस्था र मानवमा पर्ने असरका विषयमा इन्सेक कार्यक्रम अधिकृत टेकनाथ आचार्यले सहजीकरण गर्नु भयो ।
