INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद र लैङ्गिक विभेद विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यलय सुर्खेतद्वारा सञ्चालित अधिकार–२ परियोजनाको आयोजनामा दुल्लु नगरपालिका–९ पादुकामा जातीय विभेद तथा लैङ्गिक हिंसा विरुद्ध एक दिने सचेतना असोज ११ गते कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा दुल्लु नगरपालिका–९ का वडाध्यक्ष तिलकप्रसाद उपाध्यायले समाज विद्यमान यस्ता कुरीतिहरु हटाउन नागरिक समाज र समुदायको अग्रसरता जरुरी रहेको बताउनुभयो ।

मानव अधिकारका सवालमा इन्सेकले गरिरहेका सकारात्मक कामको चर्चा गर्दै आफूहरु पनि सहकार्यमा कामय काम गर्न चाहेको बताउदै योजना प्रक्रियादेखि नै सहकार्य हुनुपर्ने सुझाव दिनुभयो । मनोसामाजिक बिमर्शकर्ता सुशीला योगी र इन्सेकको इएलपी कार्यक्रमका सहकर्ता कलमबहादुर नेपालीले सहजीकरण गर्नुभएको थियो ।

इन्सेकले अधिकार–२ परियोजना अन्तर्गत मानव अधिकार शिक्षा प्रवर्धनका लागि दुल्लु र आठबीस नगरपालिकामा समुदाय स्तरमा सामाजिक काममा क्रियाशील अगुवाहरुको अग्रसरतामा मानव अधिकार रक्षक रञ्जाल गठिन गरी मानव अधिकार सम्वद्र्धनको काममा पैरवी गर्दै आएका छन् ।

Photo20230929 Dailekh (2)

Photo20230929 Dailekh (1)

अन्य

भिडियो