INSEC Online

📅 २०८३ जेष्ठ २१

समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा गठित मानव अधिकार समूहकाे आयाेजनामा स्थानीय तहमा समस्या पहिचान तथा कार्ययोजना बैठक भदौ २६ गते सम्पन्न भएकाे छ ।

चामुण्डाबिन्दसैनी नगरपालिकामा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान गर्नुसँगै पहिचान गरिएका समस्याहरुलाई समााधान गर्न चामुण्डाबिन्दसैनी नगरपालिका लगायत अन्य सरोकारवालाहरुसँग सहकार्य र ध्यानाकर्षण गराउने गर्ने निर्णय गरेको छ  ।

बैठकले पहिचान गरिएका समस्याहरुमा समाजमा जातीय विभेद, महिला माथि हुने छाउपडी प्रथा, बहुबिवाह, कथित बोक्सीको आरोप लगायतका लैंगिक हिंसा, बालबालिकाहरुमा बालविवाह, यौनजन्य दुव्र्यवहार र विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावक शिक्षा प्रभावकारी बनाउन लगायतका रहेको जिल्ला सहजकर्ता कलमबहादुर नेपालीले बताउनु भयो ।

मानव अधिकार समुहका संयोजक बालीराम जैसीको अध्यक्षतामा सम्पन्न बैठकमा चामुण्डाबिन्द्रासैनी नगरपालिकाका  कार्यपालिका सदस्यद्वय पुरे कामी, सुनिता बिक, चामुण्डाबिन्द्रासैनी नगरपालिका स्वास्थ्य शाखा इञ्चार्ज मानकुमारी शाही, जयदेव मावि जम्बुकाँधका प्रधानाध्यापक तिलकप्रसाद शर्मा, मानव अधिकार समूहका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

Photo20230913 Dailekh (2)

Photo20230913 Dailekh (1)

अन्य

भिडियो