INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन विरुद्ध सचेतना र्‍याली तथा कार्यक्रम सम्पन्न

मुस्ताङमा मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र जिल्ला प्रहरी कार्यालय मुस्ताङको सहकार्यमा २०८० भदौ २० गते सचेतना र्‍याली तथा कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको अवसरमा मुस्ताङको जोमसोम क्षेत्रमा सचेतना मुलक कार्यक्रम गर्नुका साथै हाते पर्चाहरु बितरण गरिएको थियो । जोमसोममा यातायात व्यवसायी, सवारी चाकल, सहचालक तथा सर्वसाधारणहरुलाई मानव बेचबिखन विरुद्ध सचेतना गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्स्पेक्टर मिलनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम जोमसोममा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुलाई पनि पर्चा दिनुका साथै मानव बेचबिखन कसरी हुन सक्छ र कुन तरीकाले रोक्न सकिन्छ भन्ने जानकारी गराइएको उहाँले बताउनुभयो ।

Insec Police pgm (1)Insec Police pgm (2)

अन्य

भिडियो