INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी सचेतना कार्यक्रम सम्पन्न

इन्सेककाे आयोजना र मानव अधिकार रक्षक जिल्ला सञ्जालको समन्वयमा लैंङ्गिक हिंसा तथा जातीय विभेद अन्त्यसम्बन्धी कानुनी सचेतना कार्यक्रम  साउन १२ गते खाँडाचक्र नपा–४ ताडि गाउँमा सम्पन्न भएको छ ।

लिंगका आधारमा महिला माथि हुने हिंसा न्युनिकरण तथा जातीय विभेद जस्तो कुप्रथालाई अन्त्य गर्नका लागि जिल्लाको विकट दलित बस्तीहरुमा कानुनी सचेतना कार्यक्रम सञ्चालन भएको हो ।

‘जातीय विभेदको अन्त्य गरौं,लैङ्गिक हिंसाबाट पीडित भएकाहरुलाई कानुनको पहुँचमा पुगाउँ’ भन्ने नारासहित आयोजना गरिएको सचेतना कार्यक्रममा कार्यस्थलमा हुने जातीय विभेद,महिलामाथि हुने हिंसा,छाउपडिप्रथा, यौन हिंसा अन्त्य गर्ने विषयमा छलफल गरिएको छ ।

सचेतना कार्यक्रममा मानव अधिकार रक्षक जिल्ला सञ्जालका सह संयोजक दक्षिणा शाहीले ९५ प्रतिशत महिलाहरु घरेलु हिंसाबाट पीडित भएकोले कानुनी प्रक्रियासम्म पुग्नका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । साथै उहाँले महिलामाथि यौन हिंसा गर्नेलाई कानुनी सजाय,जातीय भेदभाव उन्मुलनसम्बन्धी ऐन कानुनका विषयमा सहभागीहरुका बिच छलफल गर्नु भएको थियो ।

यसै गरी निशुल्क कानुनी सहायता,वैतनिक वकिलसम्बन्धी सुविधा र घरेलु हिंसा कसुर सजाय ऐन,बालबालिका माथि हुर्ने  दुर्व्यवहार तथा यसको नियन्त्रणका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा विभिन्न प्रकारका हिंसाका घटनामा परी पीडित भएका विपन्नहरुलाई छिटो छरितो न्यायको पचसम्म पुग्नका लागि सिफारिस संयन्त्रको गठन भएको र यसका काम कर्तव्यका बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा विपन्न महिला दलित विभिन्न हिंसाबाट पीडित भएका स्थानीयको सहभागिता रहेको थियो ।

Photo20230729 Kalikot (3)

Photo20230729 Kalikot (2)

Photo20230729 Kalikot (1)

अन्य

भिडियो